दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव « Khabarhub

दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले मुलुकका दुर्गम तथा पिछडिएका क्षेत्रमा गुणस्तरीय खानेपानी पहुँच पुर्‍याउने लक्ष्यमा अघि बढेको बताएका छन् ।

धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट रहेको बताए ।

खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।

उनले विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन आफू निरन्तर लागिपरेको बताए । मन्त्री यादवले साँगुरीगढी गाउँपालिका–१ र २ वडाका स्थानीयका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात भएको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ३७ बजे

विश्वकप उद्घाटनमा संगीतको महाकुम्भ: साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ