आतङ्कवादलाई विश्वबाटै परास्त गरौँ : मन्त्री भण्डारी « Khabarhub

आतङ्कवादलाई विश्वबाटै परास्त गरौँ : मन्त्री भण्डारी


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले संसारमा आतंकवादीको अन्त्य हुनु आवश्यक रहेको बताएका छन् । 

महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रमकाबीच भारतमा भएको आतंकवादी हमलामा परि ज्यान गुमाएका १ नेपालीसहित २४ जना नागरिकप्रति श्रद्धा सुमन अर्पण गर्दै घटनामा संलग्नलाई कडा कारवाही गर्नका लागि भारतीय सरकारसँग आग्रह गरेका छन् ।

यस कार्यमा धर्म, वर्ग, लिगं, समुदाय नभनिकन एकताको सुत्र कायम राख्दै आतंकवादीबाट विश्वलाई बचाउनका निम्ति हरेक समुदायसँग आग्रह गरेका छन् । खासगरि भारत सरकारसँग सहकार्य गरि नेपाललाई अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।  

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मधेश आन्दोलनभन्दा संसारमा अन्य कुर्नै आन्दोलन ठुलो नभएको दावी गरेका छन् । २०७२ सालमा लगातार नौ महिनासम्म मधेशको हक अधिकारको निम्ति मधेसीहरूले आन्दोलन भएको उनले स्मरण गराएका छन् । 

चुनावको समयमा मधेशको नाम भजाएर मत माग्ने नेताहरू मधेशको हकहितको सवालमा व्यक्तिगत स्वार्थका कारण मत भजाउने कार्य गरेको आरोप लगाएका छन् । 

हरेक वर्ष ५ लाख नागरिक संसारको श्रम वजारमा बिक्री भईरहेका छन् । हामी चाहन्छौ हरेक नेपाली नागरिकलाई विश्वको श्रम वजारमा पुऱ्याउनका लागि सहयोग गरो । विदेशिने युवालाई वैंकबाट सहज अनि सुलभ रुपमा ऋणको बन्दोवस्त, श्रम सम्झौतामा सहजता अनि काम सम्बन्धी हरेक जानकारी सूक्ष्म अनि सुलभ रुपमा बुझाउनका लागि स्थानीय पालिकामा व्यवस्थापन गर्नका लागि सरकार लागि परेको मन्त्री भण्डारीले जानकारी दिएका छन् । 

अव रोजगार सूचना केन्द्रलाई अझ व्यवस्थित बनाई देश विदेशको रोजगारको सूचना सहज रुपमा नागरिक एपमार्फत सार्वजानिक गरिने तयारीमा मन्त्रालय लागेको भण्डारीले बताएका छन् । अबको केही महिनाभित्रमा यसको शुरुवात हुने धारणा राखेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : ४४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५