पहलगाम घटनाको भर्त्सना गर्दै नेता कोइरालाले भने : यो जघन्य अपराध हो « Khabarhub

पहलगाम घटनाको भर्त्सना गर्दै नेता कोइरालाले भने : यो जघन्य अपराध हो


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै नेता कोइरालाले पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका हुन् । उनले आक्रमणमा ज्यान गुमाउनले नेपाली नागरिक सुदीप न्यौपाने लगायतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘२२ अप्रिलमा कश्मीरको पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणप्रति हामी गहिरो भर्त्सना व्यक्त गर्दछौं। यस बर्बर आक्रमणमा पीडित भएकाहरूका परिवारप्रति हामी हार्दिक समवेदना र श्रद्धाञ्जली व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

आतङ्कवादका सबै रूप र प्रकृतिहरूको, जुनसुकै व्यक्तिले, जहाँसुकै र जुनसुकै उद्देश्यका लागि गरे पनि स्पष्ट रूपमा भर्त्सना गर्दै कुनै हालतमा पनि मान्य नहुने उनले उल्लेख गरेका छन् । आतङ्कवाद शान्ति, सुरक्षा र समृद्धिमा गम्भीर खतरा भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ५६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा