दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता « Khabarhub

दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बेनी – सवारी दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन बेनीमा आज ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको महिलाहरूबीचको उक्त प्रतियोगितामा सञ्जु जिसी प्रथम, सृजना थापा द्वितीय र कल्पना ढुङ्गाना तृतीय भएका छन् ।

प्रतियोगितामा १२ जना महिलाले सहभागिता जनाएका थिए । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने र बिस्तारै चलाउने बानीको विकास गराउन सवारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तिक्षेत्रीले जानकारी दिए।

त्यसैगरी आजै आयोजित महिला सटफुट प्रतियोगितामा मुना गर्बुजा प्रथम, कल्पना ढुङ्गाना द्वितीय र भिमा खड्का तृतीय हुनुभएको छभने पुरुष सटफुटमा मोहन खड्का प्रथम, जनक सोनाम द्वितीय र बलबहादुर आले तृतीय भए । महिला सटफुटमा १५ र पुरुष सटफुटमा १७ जनाले सहभागिता जनाएका थिए ।

तीनवटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः नगद रु एक हजार ५००, एक हजार र ५०० नगदसहित ट्रफीद्वारा पुरस्कृत गरिएको छ । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री, शाखा अध्यक्ष घर्तिक्षेत्रीलगायत शाखाका पूर्वअध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए ।

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष खत्रीले म्याग्दी जेसिजले युवालाई लक्षित गरी आयोजना गर्ने कार्यक्रमहरू अनुकरणीय रहेको बताउँदै समाजमा युवाको भूमिका बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले सवारी चालकलाई बिस्तारै सवारी चलाउनुपर्छ भन्ने सकारात्मक सन्देश फैलाउन प्रतियोगिताले सहयोग पुर्‍याएको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ०५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको