आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ : मन्त्री भण्डारी « Khabarhub

आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ : मन्त्री भण्डारी


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गौशाला – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संसारबाट आतङ्कवादलाई परास्त गर्न यसविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

आज गृह जिल्ला महोत्तरीको गौशालामा नेता कार्यकर्तासँग छलफलका क्रममा उनले हालै भारत, काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाले सबैलाई दुःखी तुल्याएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्ध उठाएको कदममा नेपालको पनि साथ रहने बताए ।

मन्त्री भण्डारीले नेपालले विश्वशान्तिको पक्षमा रहेको भन्दै जुनसुकै नाममा हुने हिंसा स्वीकार्य नहुने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता भण्डारीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने नीतिअनुसार पार्टी जनस्तरबाटै मिसन ८४ अभियानमा लागेको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ११ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत