आयुष बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी « Khabarhub

आयुष बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो ।ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे ।

प्रतियोगितामा पोखरा थन्डर्सका कप्तान आयुष घलान उत्कृष्ट खेलाडी बनेका छन्। सर्वोत्कृष्ट खेलाडी बनेका उनले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यस्तै ललितपुर सिटी एफसीका सन्तोष खत्री एनएसएलको उदियमान खेलाडी घोषित हुँदा उत्कृष्ट गोलरक्षक पोखरा थन्डर्सका प्रिसो बनो । खत्रीले एक लाख पुरस्कार प्राप्त गर्दा प्रिसोले एक लाख ५० हजार पुरस्कार रकम प्राप्त गरे ।

यता धनगढी एफसीका अहमद हिजाजी प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खलाडी बने । उनले पनि एक लाख ५० हजार प्राप्त गरे । त्यस्तै फेयर प्ले अवार्ड झापा एफसीले प्राप्त गरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ५७ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको