१५औँ एएफपीपीडी महासभामा योगेश गौचन थकाली युवा समितिको अध्यक्षमा निर्वाचित « Khabarhub

१५औँ एएफपीपीडी महासभामा योगेश गौचन थकाली युवा समितिको अध्यक्षमा निर्वाचित


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर – नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो।

एएफपीपीडी एसिया-प्रशान्त र मध्य एशियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो । जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।

थकालीको निर्वाचनले जनसंख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तिकरणको क्षेत्रमा उनले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। उनले विभिन्न मञ्चहरूमा जलवायु संकटको आवाज बुलन्द गर्दै, दीगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको नेतृत्वले एशिया-प्रशान्त क्षेत्रका युवाहरूलाई दीगो भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न अझ उत्प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ११ : १३ बजे

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न