राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि « Khabarhub

राजाले लाहोरलाई जिताए पाकिस्तान सुपर लिगको उपाधि


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – कुशल परेरा र सिकन्दर राजाको सानदार ब्याटिङको सहयोगमा क्वेटा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै लाहोर क्वालान्डर्सले पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि जितेको छ।

कुनै पनि टी-२० प्रतियोगिताको फाइनलमा सबै भन्दा ठुलो रन पछ्याउँदै उपाधि हात पार्नका लागि अन्तिम तीन ओभरमा ४७ रन आवश्यक थियो। २०२ रनको लक्ष्य पाएको लाहोरले एक बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०३ रन बनाउँदै उपाधि उचालेको हो ।

विजयी टोलीका लागि कुशल परेराले ३१ बलमा ६२ तथा राजाले ७ बलमा २२ रन प्रहार गरे। उनले फहिन अस्राफको अन्तिम २ बलमा १० रन प्रहार गर्दै खेलको अन्त्य गरेका थिए। सबै भन्दा रोमाञ्चक त उनी फाइनल खेलको टस अघि मात्र पाकिस्तानको जमिनमा पाइला टेकेका थिए।

उनले टेन्ट ब्रिजमा जरी इङ्गल्यान्डसँगको टेस्टमा जिम्बाबेका लागि अर्धशतक प्रहार गरेको २४ घण्टा पनि भएको थिएन। त्यहीबाट उनी फाइनलका लागि पाकिस्तान पुगेका हुन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले ९ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। सो टोलीका लागि हसन नवाजले अविजित रहँदै ४३ बलमा ७६ रन जोडे। फहिन अस्राफले ८ बलमा २८ रन प्रहार गरे।

राजा फाइनल खेलका म्यान अफ द म्याच घोषित भए। यसैगरी नवाज प्लेयर अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ३३ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा