क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो | Khabarhub Khabarhub

क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)बाट यसअघि नै बाहिरिएका दुई टोलीबीच आइतबार भएको खेल रोचक बनेको छ। उक्त खेलमा सनराइजर्स हैदरावादले कलकता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ। सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कलकता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो।

हैदरावादलाई शानदार जित दिलाउने क्रममा हेन्रिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको शतकीय पारी खेले। उनले ३७ बलमा शतक पुरा गरेका थिए। यो आईपीएलमा तेस्रो छिटो शतक हो।

कलकताका लागि मनिस पाण्डेले २३ बलमा ३७ तथा हर्षित रानाले २१ बलमा ३४ रन प्रहार गरे। सुनिल नारायणले १६ बलमा ३४ रन जोडे। हैदरावादका जयदेव उन्नाकदले चार ओभरमा २४ रन खर्चेर तीन, एसन मालिङ्गाले ३.४ ओभरमा ३१ रन खर्चेर तीन तथा हर्स दुबेले चार ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा २७८ रन जोडेको हो। क्लासेनका अलावा ट्रेभिस हेडले ४० बलमा ७६ तथा अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे। अङ्कित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे।

यो स्कोर आईपीएल इतिहासमा तेस्रो ठुलो स्कोर हो। गत सिजन हैदरावादले नै बंगलोरुविरुद्ध पाँच विकेटको क्षतिमा २८७ रन बनाएको थियो। यसै सिजनको सुरुवातमा हैदरावादले नै राजस्थान रोयल्ससँगको खेलमा ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो।

जितपछि हैदरावादले १३ अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ। हैदरावाद छैटौँ स्थानमा रहेको छ भने कलकता १२ अङ्क सहित आठौँ स्थानमा छ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ५७ बजे

क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको

प्रेस युनियनले जलवायु सङ्कटप्रति विश्वको ध्यान खिच्यो : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपाल

लुलु गाई लोपोन्मुख अवस्थामा

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले  पालन गर्ने

फाप्लु–काठमाडौं सातामा चार दिन उडान हुने

सोलुखुम्बु– सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन

अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो

किभ – रुसले युक्रेनमाथि सबै भन्दा ठुलो हवाई आक्रमण गरेपछि