यातायात कार्यालय बारामा आठ करोड २१ लाख राजस्व सङ्कलन « Khabarhub

यातायात कार्यालय बारामा आठ करोड २१ लाख राजस्व सङ्कलन


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पर्सा– यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहजनक ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । ‘कार्यालयले औषतमा मासिक ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ’, उनले भने ।

कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।
यसैगरी, आयकरतर्फ आठ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ९ : ०५ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर