यातायात कार्यालय बारामा आठ करोड २१ लाख राजस्व सङ्कलन « Khabarhub

यातायात कार्यालय बारामा आठ करोड २१ लाख राजस्व सङ्कलन


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पर्सा– यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहजनक ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । ‘कार्यालयले औषतमा मासिक ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ’, उनले भने ।

कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।
यसैगरी, आयकरतर्फ आठ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ९ : ०५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते