चालु खाता र शोधनान्तर बचतमा « Khabarhub

चालु खाता र शोधनान्तर बचतमा


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समीक्षा अनुसार सो अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई एक खर्ब ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ ।

चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब ६ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०८१–०८२ को वैशाख मसान्तसम्ममा ९९ हजार ६ सय ६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् ।

चालु आवको नौ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । चालु आवको नौ महिनामा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति पाँच दशमलव ९२ प्रतिशत  थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत छ । जुन २०८० साल चैतमा ४.६१ प्रतिशत थियो ।

गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत रहेको थियो ।

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत थियो । 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १० : ०७ बजे

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल

इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

काठमाडौं – फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार