विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट « Khabarhub

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ।

समूह ‘एक’को दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेको छ भने आज साँझ हुने भारत र वेस्ट इन्डिजको खेलमा विजयी टिम सेमिफाइनल पुग्नेछ। पराजित टिम भने विश्वपको सुपर-८ बाटै बाहिरिने छ। भारत र वेस्ट इन्डिजको खेल आइतबार साँझ ७ः१५ बजे भारतको इडेन गार्डेन मैदानमा सुरु हुँदैछ। आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी-२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ।

त्यसैतै आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा दिल्लीमा सुरु हुँदैछ। समेमिफाइनलमा प्रवेश गरिसकेको र विश्वकपबाट बाहिरिएको टिमको प्रतिस्पर्धा भएकाले यो खेलमा भन्दा आजको दोस्रो खेलमा दर्शक र क्रिकेट समर्थकको चासो रहेको छ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ४१ बजे

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा