थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण « Khabarhub

थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थारू समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेको छ ।

सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए ।

उनका अनुसार पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका थारु समुदायको बसोबास रहेका ६ वटा वडामा रगत परीक्षण गरिएको थियो । जसमा १९७ जनामा सिकलसेल एनिमिया ‘पोजेटिभ’ देखिएको छ । उनले रगत परीक्षण गर्दा पोजेटिभ देखिएका नमूनालाई धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको बताए ।

भट्टका अनुसार पुनर्वास नगरपालिका– १ मा ४१४ जनाको परीक्षण गर्दा ३४ जनामा पोजेटिभ देखिएको थियो । पुनर्वास नगरपालिका– ५ मा २६५ जनाको परीक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको थियो ।

त्यसैगरी पुनर्वास नगरपालिका– ११ मा २९७ जनाको परीक्षण गर्दा ४४ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका– २ मा २४७ जनाको परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका– १४ मा २८६ जनाको परीक्षण गर्दा २७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, भीमदत्त नगरपालिका– १९ मा ३३३ जनामा परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको छ ।

नेपालमा खास गरी थारु समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । केही समय अघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल पुष्टि भएको थियो ।

सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुचा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन् ।

सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका कोषाध्यक्ष कुमारीलक्ष्मी चौधरीले थारू समुदायमा सिकलसेल रोग चुनौतीका रुपमा रहेको बताइन् । ‘हाम्रो समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको उच्च जोखिम छ’, चौधरीले भनिन्, ‘सरकारले यसको निवारणका लागि समुदायस्तरमा स्वास्थ्य परीक्षणमा जोड दिनुपर्छ ।’

थारू समुदायमा एक सय जनाको रगत परीक्षण गर्दा २० जनाको पोजेटिभ देखा परिरहेको खुसी चौधरीले जानकारी दिइन् । (रासस)

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १० : १५ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त