युक्रेनमा रुसी आक्रमणपछि ट्रम्प पुटिनसँग असन्तुष्ट « Khabarhub

युक्रेनमा रुसी आक्रमणपछि ट्रम्प पुटिनसँग असन्तुष्ट


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा ड्रोन आक्रमणलाई जारी राखेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग बेखुश रहेको उनले बताए ।

न्यूजर्सी राज्यको मोरिसटाउन शहरबाट राजधानी वाशिङ्टन डीसी जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘मलाई थाहा छैन, उहाँलाई के समस्या छ ? उहाँलाई के भएको छ ? हो ? उहाँले धेरै मान्छेको हत्या गरिरहनुभएको छ । म यसबारे खुशी छैन ।’ उनले भने ।

हालै रुसले युक्रेनी भूमिमा ३ सय ६७ वटा चालकरहित हवाइ उपकरण ड्रोन आक्रमण गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो । रुसी आक्रमणमा १२ जनाको ज्यान गएको छ भने अरु दर्जनौँ घाइते भएका छन् ।

ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन् । गत सातामात्रै उनले पुटिनसँग दुई घण्टा टेलिफोन वार्ता गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : २४ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु