भन्सार प्रमुखमाथि हातपात गर्ने धनगढीका नगर प्रहरी इन्स्पेक्टर फरार « Khabarhub

भन्सार प्रमुखमाथि हातपात गर्ने धनगढीका नगर प्रहरी इन्स्पेक्टर फरार


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कार्यालयमै घुसेर कैलालीका भन्सार प्रमुखमाथि हातपात गरेको आरोप लागेका धनगढी नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी फरार भएका छन् । शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोप लागेका धामी फरार भएका हुन् ।

भन्सार प्रमुखको किटानी जाहेरीका आधारमा पक्राउको तयारी भइरहेका बेला धामी आइतबार दिउँसोसम्म सम्पर्कमा रहे पनि त्यसपछि मोबाइल स्विच अफ गरी फरार भएका छन् ।

कैलाली प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । तिमिल्सिनाले धामीसहित पाँच नगर प्रहरीविरुद्ध “अभद्र व्यवहार” शीर्षकमा जाहेरी दिएका छन् ।
शनिबार राति १० बजे धामी नेतृत्वको टोलीले भन्सार कार्यालयमा प्रवेश गरी तिमिल्सिनामाथि कुटपिट गरेको आरोप छ । धामीले आफू संलग्न नरहेको दाबी गरे पनि घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनी फरार भएका हुन् ।

धनगढी उपमहानगरपालिकाले धामीलाई पदीय आचरण विपरीत कार्य गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ । उनी सुरुदेखि नै विवादीत हुँदै आएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै