भन्सार प्रमुखमाथि हातपात गर्ने धनगढीका नगर प्रहरी इन्स्पेक्टर फरार « Khabarhub

भन्सार प्रमुखमाथि हातपात गर्ने धनगढीका नगर प्रहरी इन्स्पेक्टर फरार


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कार्यालयमै घुसेर कैलालीका भन्सार प्रमुखमाथि हातपात गरेको आरोप लागेका धनगढी नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी फरार भएका छन् । शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोप लागेका धामी फरार भएका हुन् ।

भन्सार प्रमुखको किटानी जाहेरीका आधारमा पक्राउको तयारी भइरहेका बेला धामी आइतबार दिउँसोसम्म सम्पर्कमा रहे पनि त्यसपछि मोबाइल स्विच अफ गरी फरार भएका छन् ।

कैलाली प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । तिमिल्सिनाले धामीसहित पाँच नगर प्रहरीविरुद्ध “अभद्र व्यवहार” शीर्षकमा जाहेरी दिएका छन् ।
शनिबार राति १० बजे धामी नेतृत्वको टोलीले भन्सार कार्यालयमा प्रवेश गरी तिमिल्सिनामाथि कुटपिट गरेको आरोप छ । धामीले आफू संलग्न नरहेको दाबी गरे पनि घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि उनी फरार भएका हुन् ।

धनगढी उपमहानगरपालिकाले धामीलाई पदीय आचरण विपरीत कार्य गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ । उनी सुरुदेखि नै विवादीत हुँदै आएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : २९ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक