यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ « Khabarhub

यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘कार्साङ’का निर्देशक यम शेर्पा नयाँ फिल्म निर्माणको तयारीमा छन् । वि.सं २०८२ को नयाँ वर्षको दिन उनले फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् ।

अहिले यो फिल्मको काम कलाकार चयनमा पुगेको छ । शीर्ष नायकको भूमिकाका लागि दयाहाङ राई अनुबन्ध भएको निर्माण पक्षले बताएको छ ।

दयाहाङ र यमको यो दोस्रो सहकार्य हो । दयाहाङले यमको डेब्यू फिल्म ‘कार्साङ’मा पहिलो सहकार्य गरेका थिए ।

दयाहाङ अनुबन्धबारे यम भन्छन्, ‘स्टोरी सुनाउँदा उहाँले मन पराउनुभयो । अनि दोस्रो सहकार्यको महोल मिल्यो ।’

यस फिल्मका लागि अन्य स्टार कलाकार अनुबन्ध गर्ने तयारीमा यम रहेको बुझिएको छ । केही दिनपछि बिस्तारै सार्वजनिक गर्ने तयारीमा उनी रहेको बुझिएको छ ।

यस फिल्मको कथा पनि यम आफैँले लेखेका हुन् । यार्सा फिल्मसको ब्यानरमा बन्ने यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ३ : ५६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६