यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ « Khabarhub

यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘कार्साङ’का निर्देशक यम शेर्पा नयाँ फिल्म निर्माणको तयारीमा छन् । वि.सं २०८२ को नयाँ वर्षको दिन उनले फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् ।

अहिले यो फिल्मको काम कलाकार चयनमा पुगेको छ । शीर्ष नायकको भूमिकाका लागि दयाहाङ राई अनुबन्ध भएको निर्माण पक्षले बताएको छ ।

दयाहाङ र यमको यो दोस्रो सहकार्य हो । दयाहाङले यमको डेब्यू फिल्म ‘कार्साङ’मा पहिलो सहकार्य गरेका थिए ।

दयाहाङ अनुबन्धबारे यम भन्छन्, ‘स्टोरी सुनाउँदा उहाँले मन पराउनुभयो । अनि दोस्रो सहकार्यको महोल मिल्यो ।’

यस फिल्मका लागि अन्य स्टार कलाकार अनुबन्ध गर्ने तयारीमा यम रहेको बुझिएको छ । केही दिनपछि बिस्तारै सार्वजनिक गर्ने तयारीमा उनी रहेको बुझिएको छ ।

यस फिल्मको कथा पनि यम आफैँले लेखेका हुन् । यार्सा फिल्मसको ब्यानरमा बन्ने यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्