२० प्रतिशत बजेट शिक्षामा छुट्टाउन नेविसंघको माग « Khabarhub

२० प्रतिशत बजेट शिक्षामा छुट्टाउन नेविसंघको माग


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघले कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  

सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले कुल बजेटको कम्तीमा २० प्रतिशत रकम अनिवार्य रूपमा सार्वजनिक शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राखेको हो । 

त्यस्तै विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक वर्षदेखि प्रभावकारी रूपमा लागू हुनेगरि आवश्यक विनियोजन गर्न समेत माग गरिएको नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले जानकारी दिए  । 

उनले महँगी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरूको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने बस्तुहरूमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।  

नेविसंघले वैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० वर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  २ : ११ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको