वैवाहिक जीवनलाई सुखी बनाउन चाहनुहुन्छ ? यसो गर्नुस् | Khabarhub Khabarhub

वैवाहिक जीवनलाई सुखी बनाउन चाहनुहुन्छ ? यसो गर्नुस्


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेको समयमा दुई सम्बन्धमा सबै भन्दा बढी तनाव हुने गर्छ । एक पति–पत्नी र अर्को बुबा–आमा तथा सन्तानबीचको सम्बन्ध । पति–पत्नीबीचको सम्बन्ध पछिल्लो समय बढी नै तनावपूर्ण बन्न थालेको छ । यसको एक कारण हो, ‘इगो’ अर्थात ‘अहंकार’ ।

परिवार भित्र हुने तनावलाई कम गर्दै सौहार्दपूण सम्बन्ध बनाउने हो भने रामायणको एक प्रसंगलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

जनक पुत्री सीता र अयोध्याका राजा दशरथ पुत्र श्रीरामको स्वयम्वर प्रसंग । शिव धनुष जसले तोड्न सक्छ, उसैसँग आफ्नी छोरी सीताको विवाह गरिदिने राजा जनकको सर्त हुन्छ ।

यो स्वयम्वरमा कयौँ बलवान राजा तथा वीरहरुले शिव धनुष उठाउने प्रयास गर्छन् । तर उनीहरुले उठाउन त के, हल्लाउन समेत सक्दैनन् । यो क्रम अगाडि बढी रहँदा ऋषि विश्वामित्रले श्रीरामलाई शिव धनुष उठाउन आज्ञा दिन्छन् ।

रामले सबै भन्दा पहिला आफ्ना गुरुप्रति आदर प्रकट गर्छन् र शिवको ध्यान गर्दै धनुषलाई नमस्कार गर्छन् । हेर्दाहेर्दैै रामले उक्त धनुषलाई माथि उठाउँछन् र खेलौनालाई जस्तै तोडि दिन्छन् ।

रामले उक्त धनुषलाई उठाएर किन तोडे ? धनुष विवाहको लागि पहिलो सर्त थियो । वास्तवमा यसको मर्मलाई बुझ्ने हो भने यो प्रसंगलाई सहज रुपमा बुझ्न सकिन्छ । दार्शनिक रुपमा बुझ्ने हो भने धनुष अहंकारको प्रतिक थियो । अहंकार जबसम्म मान्छे भित्र रहन्छ, हामीले कसैसँग पनि आफ्नो जीवन सहज ढंगले बिताउन सक्दैनौँ ।

अहंकारलाई तोडेर मात्रै गृहस्थी जीवनमा प्रवेश गर्न सकिन्छ । त्यसैले विवाह गर्नेहरुमा यतिसम्मको परिपक्कता र बुझाई हुन आवश्यक छ ।

हाम्रो जस्तो देशमा कतिपय विवाह नबुझीकनै तथा आवेशमा गरिएको पाइन्छ । आवेश रिसको मात्रै पनि हुँदैन, भावनाको पनि हुन्छ । प्रेमको भावनामा बहकिएर यस किसिमको निर्णय लिन पुग्ने थुप्रै जोडीहरु छन् ।

गृहस्थी बसाउनका लागि सबै भन्दा पहिला भावनात्मक तथा मानसिक रुपमा पूर्ण हुन आवश्यक छ । वैवाहिक जीवनमा बाँधिएपछि परिवारको जिम्मेवारी निर्वाह गर्न मानसिक तथा भावनात्मक रुपमा सशक्त हुन आवश्यक छ । सबै भन्दा महत्वपूर्ण जिम्मेवारी विवाह गरेर घर बसाउनु हो ।

गृहस्थ जीवनलाई कहिल्यै पनि आवेश र अज्ञानमा स्वीकार गर्नु हुन्न । यदि त्यसो भएको खण्डमा यसको माधुर्यता रहने छैन । आवेशमा आएर गरिएको निर्णयले वैवाहिक जीवनको सम्बन्धमा रिस अत्यधिक बढी र प्रेममा कमी हुन सक्छ ।

बेला बेलामा पार्टनरले गरेको काम वा क्वालिटीको तारिफ गर्नुस् । यसले सम्बन्धमा राम्रो असर पर्छ ।

खुसी र सुखी वैवाहिक जीवनका लागि दम्पतीबीच कुराकानीको निकै महत्त्व छ । आफ्नो पार्टनरको कुरालाई राम्रोसँग सुन्नुस्, बुझ्ने कोसिस गर्नुस् ।आफ्नो विचार र भावनालाई खुलेर व्यक्त गर्नुस् । अनि साथमा मिलेर हरेक समस्याको समाधान निकाल्नुस् ।

एक अर्काको सम्मान गर्नुस् । पार्टनरसँग इमानदारी कायम राख्दा सम्बन्धमा विश्वास बढ्छ । वैवाहिक जीवनमा सुरक्षाको भावना उत्पन्न हुन्छ । त्यसैले सम्बन्ध बलियो बनाउन विश्वास आवस्यक हुन्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ६ : २७ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको