वैवाहिक जीवनलाई सुखी बनाउन चाहनुहुन्छ ? यसो गर्नुस् « Khabarhub

वैवाहिक जीवनलाई सुखी बनाउन चाहनुहुन्छ ? यसो गर्नुस्


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेको समयमा दुई सम्बन्धमा सबै भन्दा बढी तनाव हुने गर्छ । एक पति–पत्नी र अर्को बुबा–आमा तथा सन्तानबीचको सम्बन्ध । पति–पत्नीबीचको सम्बन्ध पछिल्लो समय बढी नै तनावपूर्ण बन्न थालेको छ । यसको एक कारण हो, ‘इगो’ अर्थात ‘अहंकार’ ।

परिवार भित्र हुने तनावलाई कम गर्दै सौहार्दपूण सम्बन्ध बनाउने हो भने रामायणको एक प्रसंगलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

जनक पुत्री सीता र अयोध्याका राजा दशरथ पुत्र श्रीरामको स्वयम्वर प्रसंग । शिव धनुष जसले तोड्न सक्छ, उसैसँग आफ्नी छोरी सीताको विवाह गरिदिने राजा जनकको सर्त हुन्छ ।

यो स्वयम्वरमा कयौँ बलवान राजा तथा वीरहरुले शिव धनुष उठाउने प्रयास गर्छन् । तर उनीहरुले उठाउन त के, हल्लाउन समेत सक्दैनन् । यो क्रम अगाडि बढी रहँदा ऋषि विश्वामित्रले श्रीरामलाई शिव धनुष उठाउन आज्ञा दिन्छन् ।

रामले सबै भन्दा पहिला आफ्ना गुरुप्रति आदर प्रकट गर्छन् र शिवको ध्यान गर्दै धनुषलाई नमस्कार गर्छन् । हेर्दाहेर्दैै रामले उक्त धनुषलाई माथि उठाउँछन् र खेलौनालाई जस्तै तोडि दिन्छन् ।

रामले उक्त धनुषलाई उठाएर किन तोडे ? धनुष विवाहको लागि पहिलो सर्त थियो । वास्तवमा यसको मर्मलाई बुझ्ने हो भने यो प्रसंगलाई सहज रुपमा बुझ्न सकिन्छ । दार्शनिक रुपमा बुझ्ने हो भने धनुष अहंकारको प्रतिक थियो । अहंकार जबसम्म मान्छे भित्र रहन्छ, हामीले कसैसँग पनि आफ्नो जीवन सहज ढंगले बिताउन सक्दैनौँ ।

अहंकारलाई तोडेर मात्रै गृहस्थी जीवनमा प्रवेश गर्न सकिन्छ । त्यसैले विवाह गर्नेहरुमा यतिसम्मको परिपक्कता र बुझाई हुन आवश्यक छ ।

हाम्रो जस्तो देशमा कतिपय विवाह नबुझीकनै तथा आवेशमा गरिएको पाइन्छ । आवेश रिसको मात्रै पनि हुँदैन, भावनाको पनि हुन्छ । प्रेमको भावनामा बहकिएर यस किसिमको निर्णय लिन पुग्ने थुप्रै जोडीहरु छन् ।

गृहस्थी बसाउनका लागि सबै भन्दा पहिला भावनात्मक तथा मानसिक रुपमा पूर्ण हुन आवश्यक छ । वैवाहिक जीवनमा बाँधिएपछि परिवारको जिम्मेवारी निर्वाह गर्न मानसिक तथा भावनात्मक रुपमा सशक्त हुन आवश्यक छ । सबै भन्दा महत्वपूर्ण जिम्मेवारी विवाह गरेर घर बसाउनु हो ।

गृहस्थ जीवनलाई कहिल्यै पनि आवेश र अज्ञानमा स्वीकार गर्नु हुन्न । यदि त्यसो भएको खण्डमा यसको माधुर्यता रहने छैन । आवेशमा आएर गरिएको निर्णयले वैवाहिक जीवनको सम्बन्धमा रिस अत्यधिक बढी र प्रेममा कमी हुन सक्छ ।

बेला बेलामा पार्टनरले गरेको काम वा क्वालिटीको तारिफ गर्नुस् । यसले सम्बन्धमा राम्रो असर पर्छ ।

खुसी र सुखी वैवाहिक जीवनका लागि दम्पतीबीच कुराकानीको निकै महत्त्व छ । आफ्नो पार्टनरको कुरालाई राम्रोसँग सुन्नुस्, बुझ्ने कोसिस गर्नुस् ।आफ्नो विचार र भावनालाई खुलेर व्यक्त गर्नुस् । अनि साथमा मिलेर हरेक समस्याको समाधान निकाल्नुस् ।

एक अर्काको सम्मान गर्नुस् । पार्टनरसँग इमानदारी कायम राख्दा सम्बन्धमा विश्वास बढ्छ । वैवाहिक जीवनमा सुरक्षाको भावना उत्पन्न हुन्छ । त्यसैले सम्बन्ध बलियो बनाउन विश्वास आवस्यक हुन्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ६ : २७ बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय