इमेज सहकारी ठगी : मुख्य आरोपी ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन आदेश « Khabarhub

इमेज सहकारी ठगी : मुख्य आरोपी ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन आदेश


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फेरि कारागार चलान भएका छन्।

पोखरास्थित इमेज सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यसअघि जिल्ला कारागार बागलुङमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो ।

बयान सकिएसँगै सोमबार बेलबासेको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा हरिबहादुर खत्रीसहित १४ जनाको उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा चलाएको थियो । उक्त मुद्दामा नेपालीसहित १५ जनालाई विपक्षी बनाइएको थियो । नेपाली हाल बागलुङ जिल्ला कारागारमा छन्।

नेपालीले बागलुङमा मुख्य कार्यालय र पोखरामा शाखा रहेको इमेज सहकारीमा जम्मा गरिएको दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप लागेको छ।

नेपाली २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट ढोरपाटनको मेयर पदमा विजयी भएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ६ : ४७ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज