विद्या भण्डारीलाई चीनको सुझाव : नेपालका वाम दललाई एक बनाएर तपाईंले नेतृत्व लिनूस् « Khabarhub

विद्या भण्डारीलाई चीनको सुझाव : नेपालका वाम दललाई एक बनाएर तपाईंले नेतृत्व लिनूस्


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपालका कम्युनिस्ट पार्टीहरू मिल्नुपर्ने सन्देश दिएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भेटका क्रममा चिनियाँ नेताहरूले कम्युनिस्ट एकताको सन्देश दिएका हुन् ।

चिनियाँ नेताहरूले भण्डारीसँग सोमबार भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ झियाचाओसहितले यस्तो सन्देश दिएका हुन् । चिनियाँ नेताहरुले पूर्व राष्ट्रपति भण्डारीलाई वाम एकताको नेतृत्व गर्न पनि सुझाएको भ्रमण दलका सदस्य एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले खबरहबलाई बताए ।

‘चिनियाँ नेताहरूले नेपालका कम्युनिस्टहरूबीच एकताको सन्देश दिएका छन्’, थापाले भने, ‘त्यो वाम एकताको नेतृत्व विद्यादेवी भण्डारीले लिनु पर्छ भन्ने सन्देश पनि उहाँहरूले दिनुभएको छ ।’

भण्डारीले सोमबार चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी छन् । उनी आइतबार बैंक्वेट डिनरमा सहभागी हुँदा चिनियाँ नेताहरू पनि थिए । भण्डारीले आफू सामान्य नेपाली नागरिक भएको बताउँदा चिनियाँ नेताहरुले नेपालको विशिष्ट नेताका रूपमा सम्मान प्रकट गरेका थिए ।

सोमबार नै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित
छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनुलाई सम्बोधनका क्रममा भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादबारेमा व्याख्या गरिन् । उनले व्याख्या गरेको त्यही सिद्धान्तका आधारमा नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व विद्या भण्डारीले गर्नसक्ने आशा चिनियाँ नेताहरूले राखेका हुन् ।

भण्डारी चीनको १० दिने भ्रमणका लागि आइतबार राजधानी बेइजिङ पुगेकी छन् । भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई सोमबार सम्बोधन गरिन् ।

भण्डारीले नेकपा एमाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्तमा अघि बढेको जानकारी विश्व समुदायलाई गराइन् । भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा नेपाल अघि बढेकोसमेत बताइन् ।

नेपाल सरकार र नेकपा एमालेको नेतृत्व गरेर भण्डारी गएकी हुन्। उनलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको बताइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १० : ३९ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक