आज २०८२ साल असार १२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १२ गते बिहीबारको राशिफल


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १२ गते बिहीबार। असार शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुन २६ तारिख। विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सहयोग मिल्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : धनलक्ष्मी योग परेको छ। आज तपाईंले खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। सम्पत्तिका पछाडि लाग्दा साथीभाइ टाढा हुनेछन्। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। परिवारको साथमा रमाइलो जमघट हुने छ।

मिथुन : दिन राम्रो छ। मन प्रशन्न रहने छ। आफ्नो काममा सन्तुष्ट बन्नुपर्ने दिन छ। स्वास्थ्यमा गरेको श्रमको प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। विपक्षी समूहमा बौद्धिक व्यक्ति भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने देखिन्छ।

कर्कट : सञ्चित धनको खर्च हुनेछ। अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। राजनीति नगर्नु उचित हुन्छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको प्रतिफलका लागि प्रतिक्षा गर्नुपर्ने देखिन्छ।

सिंह : आज दिन राम्रो छ। आम्दानीको स्रोत दरिलो बन्ने छ। संकटमा साथीको साथ मिल्नेछ। योजना सुनाउनु भन्दा सुरुवात गर्नु राम्रो हुन्छ। गोपनीयता सुरक्षित गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा आम्दानीका स्रोत प्रशस्त देखिने छन्। स्वास्थ्यमा सुधार हुनेछ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ।

तुला : दिन राम्रो छ। तपाईंले आज कला र गला प्रदर्शन गर्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्ने छ। राजनीतिक क्षेत्रका साथीसँगको सहकार्य प्रभावकारी बन्दा सेवाको अवसर मिल्ने देखिन्छ।

वृश्चिक : दैनिकी सुधारोन्मुख छ। मनमा उत्साह बढ्नेछ। अरुको चिन्ता गर्दा आफ्नो स्वास्थ्य जोखिममा पर्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने छ।

धनु : दिन राम्रो छ। अढैया शनिको प्रभाव भए पनि आज तपाईंको शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मकर : दिन सामान्य छ। अनावश्यक यात्रामा सञ्चित धन खर्च हुनेछ। आम्दानी भन्दा खर्च बढ्दा मन भारी बन्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। पञ्चम स्थानमा चन्द्रमा र वृहस्पति बसेकाले बौद्धिक व्यक्तिसँग भेट हुनेछ। आध्यात्मिक वार्तालाभले मन हलुका हुने देखिन्छ। परिवारको साथ र सहयोग बढ्नेछ।

मीन : दिन सामान्य छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने देखिन्छ। मध्य साढेसातीको समय चलेकाले हरेक काममा अवरोध हुनसक्छ। तपाईंको सुझबुझका कारण कमजोर भएका विपक्षीको साथ मिल्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ०३ बजे

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्मा भारी वृद्धि भएको छ

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी– प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का