अर्को साता इरान र अमेरिकाको वार्ता « Khabarhub

अर्को साता इरान र अमेरिकाको वार्ता


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता इरान भ्रमण गर्ने बताएका छन्। बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अर्को साता इरान भ्रमण हुनसक्ने सम्भावना व्यक्त गरेका हुन्। उनले सो भ्रमणमा आणविक वार्ता आवश्यक नभएको कुरामा जोड दिए। अहिले मध्यपूर्वमा बढ्दो तनावमा इरानसँगको वार्ताको विषयमा थुप्रै प्रश्न भने उठ्न थालेका छन्।

इरानको आणविक क्षमता पूर्ण रूपमा नास भएका कारण आणविक सम्झौता जरुरी नभएको कुरामा ट्रम्पले जोड दिए। ‘हामी आणविक चाहँदैनौ। हामीले आणविक केन्द्र नष्ट गरेका छौँ । अर्को भाषामा भन्ने हो भने यो नासिएको छ। इरानले फेरी यो बनाउन सक्दैन भन्नेमा मलाई पूर्ण विश्वास छ’, ट्रम्पले भने।

ट्रम्पले विदेश मन्त्री मार्क रुबियोलाई सहमतिका लागि पत्र तयार गर्न भनिसकेका छन्। उनले इरानसँगको यस्तो सहमतिको खोजी गर्ने प्रयास गरेका छन्, जुन सहमति लामो समयसम्म रहोस्। रुबियोले इरानसँगको यो वार्ता प्रत्यक्ष हुने दाबी गरेका छन्। उनले यो वार्तामा मध्यस्थता आवस्यक नभएको बताएका हुन्।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : ४५ बजे

प्रधान सेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी