अर्को साता इरान र अमेरिकाको वार्ता « Khabarhub

अर्को साता इरान र अमेरिकाको वार्ता


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता इरान भ्रमण गर्ने बताएका छन्। बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अर्को साता इरान भ्रमण हुनसक्ने सम्भावना व्यक्त गरेका हुन्। उनले सो भ्रमणमा आणविक वार्ता आवश्यक नभएको कुरामा जोड दिए। अहिले मध्यपूर्वमा बढ्दो तनावमा इरानसँगको वार्ताको विषयमा थुप्रै प्रश्न भने उठ्न थालेका छन्।

इरानको आणविक क्षमता पूर्ण रूपमा नास भएका कारण आणविक सम्झौता जरुरी नभएको कुरामा ट्रम्पले जोड दिए। ‘हामी आणविक चाहँदैनौ। हामीले आणविक केन्द्र नष्ट गरेका छौँ । अर्को भाषामा भन्ने हो भने यो नासिएको छ। इरानले फेरी यो बनाउन सक्दैन भन्नेमा मलाई पूर्ण विश्वास छ’, ट्रम्पले भने।

ट्रम्पले विदेश मन्त्री मार्क रुबियोलाई सहमतिका लागि पत्र तयार गर्न भनिसकेका छन्। उनले इरानसँगको यस्तो सहमतिको खोजी गर्ने प्रयास गरेका छन्, जुन सहमति लामो समयसम्म रहोस्। रुबियोले इरानसँगको यो वार्ता प्रत्यक्ष हुने दाबी गरेका छन्। उनले यो वार्तामा मध्यस्थता आवस्यक नभएको बताएका हुन्।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : ४५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल