कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द « Khabarhub

कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

चितवन– कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको छ । यहाँ दैनिक रुपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नहुँदा उत्पादन बन्द गरिएको हो ।

विगत लामो समयदेखि कैद सजाय भोगिरहेका पदमबहादुरले मुढा बुन्ने काम गर्दै आएका थिए । उनले अहिले मुढा बिक्री हुन छोडेपछि फुर्सदिलो बनेका छन् । कैदीबन्दीका लागि जीवनयापनमा सहज बनाएको यस व्यवसाय बन्द भएपछि दिन काट्नसमेत कठिन हुने उनको भनाइ छ ।

यो काममा दैनिक ९० देखि १०० जनासम्म लाग्ने भए पनि विगत १५ दिनदेखि काम रोकिएको उनले बताए ।

यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौं, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेकामा अहिले कममात्रामा बिक्री हुँदा निर्माण रोकिएको कारागार कार्यालयले जनाएको छ ।

कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै गएको बताए । अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् । मुढाको बजार विस्तारसँगै सबै कारागारमा यस्ता उद्यम सञ्चालन हुँदा पनि बजार साँघुरिँदै गएको हुनसक्ने उनको भनाइ छ ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले यहाँ उत्पादित मुढाले बजार नपाउँदा कैदी बन्दीलाई दिन बिताउन कठिन हुने गरेको बताए । दिनभरि काम गरेर बस्ने बानी परेकालाई दिन बिताउन मुस्किल हुने उनको भनाइ छ ।

कारागार कार्यालय चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएको कारागार कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : ०९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी