इजरायलद्वारा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्यको हत्या « Khabarhub

इजरायलद्वारा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्यको हत्या


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेर लागु हुने क्रममा इजरायलले गरेको आक्रमणमा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्य मारिएका छन् ।

अङ्ग्रेजी भाषाको इरानी समाचार च्यानल प्रेस टीभीका अनुसार इजरायलले गरेको युद्धविराम अघि बढिरहेहा बेला वैज्ञानिक र उनको परिवारको लक्षित हत्या गरेको हो ।

इजरायलको उक्त आक्रमणमा इरानी आणविक वैज्ञानिक सेदीकी साबेरसहित उनको परिवारका १२ जना सदस्य मारिएका छन् ।

यो घटना सोमबार राति इरान–इजरायल युद्धविराम लागू हुनु केही घण्टाअघि भएको हो ।

इरानी टेलिभिजन प्रेस टीभीका अनुसार उक्त आक्रमण उत्तरी इरानको क्यास्पियन समुद्र नजिकको शहर अस्ताने आशरफियहमा भएको थियो।

प्रेस टीभीले सार्वजनिक गरेको एउटा पारिवारिक तस्बिरमा वृद्ध, महिला र बालबालिकासमेत रहेका ११ जना परिवारका सदस्यहरूको मृत्यु भएको देखिएको छ।

प्रेस टीभीका अनुसार इजरायली आक्रमणको १२ दिनभित्र कम्तीमा १४ जना इरानी आणविक वैज्ञानिकहरूलाई निशाना बनाइएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीच युद्धविराम कायम रहेको बेला अमेरिका र इरानी अधिकारीहरूबीच अर्को साता वार्ता हुने बताएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६२७ जनाको मृत्यु भएको छ ।

इजरायली आक्रमणमा ४ हजार ८७० भन्दा बढी घाइते भएका छन्। अर्कातर्फ इरानको आक्रमणमा पनि इजरायलमा दर्जनौँको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : २२ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली