इजरायलद्वारा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्यको हत्या | Khabarhub Khabarhub

इजरायलद्वारा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्यको हत्या


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेर लागु हुने क्रममा इजरायलले गरेको आक्रमणमा इरानी आणविक वैज्ञानिक र उनको परिवारका १२ सदस्य मारिएका छन् ।

अङ्ग्रेजी भाषाको इरानी समाचार च्यानल प्रेस टीभीका अनुसार इजरायलले गरेको युद्धविराम अघि बढिरहेहा बेला वैज्ञानिक र उनको परिवारको लक्षित हत्या गरेको हो ।

इजरायलको उक्त आक्रमणमा इरानी आणविक वैज्ञानिक सेदीकी साबेरसहित उनको परिवारका १२ जना सदस्य मारिएका छन् ।

यो घटना सोमबार राति इरान–इजरायल युद्धविराम लागू हुनु केही घण्टाअघि भएको हो ।

इरानी टेलिभिजन प्रेस टीभीका अनुसार उक्त आक्रमण उत्तरी इरानको क्यास्पियन समुद्र नजिकको शहर अस्ताने आशरफियहमा भएको थियो।

प्रेस टीभीले सार्वजनिक गरेको एउटा पारिवारिक तस्बिरमा वृद्ध, महिला र बालबालिकासमेत रहेका ११ जना परिवारका सदस्यहरूको मृत्यु भएको देखिएको छ।

प्रेस टीभीका अनुसार इजरायली आक्रमणको १२ दिनभित्र कम्तीमा १४ जना इरानी आणविक वैज्ञानिकहरूलाई निशाना बनाइएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीच युद्धविराम कायम रहेको बेला अमेरिका र इरानी अधिकारीहरूबीच अर्को साता वार्ता हुने बताएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६२७ जनाको मृत्यु भएको छ ।

इजरायली आक्रमणमा ४ हजार ८७० भन्दा बढी घाइते भएका छन्। अर्कातर्फ इरानको आक्रमणमा पनि इजरायलमा दर्जनौँको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : २२ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति