कोशी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित « Khabarhub

कोशी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पेस गरेको उक्त प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेसँगै बैठकले सर्वसम्मतिले पारित गरेपछि छलफल सुरु भएको थियो । 

छलफलमा कोशी प्रदेशसभाका सांसदद्वय तिलचन पाठक र इस्राइल मन्सुरीले प्रदेश सरकारले प्रदेशलाई समृद्धि एवं विकास गर्न अर्थ संकलन सम्बन्धमा ल्याएको प्रस्तावको पूर्णरूपमा समर्थन रहेको बताए। 

बैठकको शून्य समयमा सांसद खड्गबहादुर बस्नेतले आफूले सरकारलाई पेस गरेको सुझावसहितको योजना रातो किताबमा समावेश भएकामा धन्यवाद दिँदै छुटेका योजना समावेश गरी सहयोग गरिदिन आग्रह गरे। 

सांसद मीना श्रेष्ठले वर्षात्को समयमा सुनसरीको इटहरी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा पर्ने गरेकाले यसको समाधानमा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखे । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  २ : ४० बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन