रास्वपा महामन्त्रीमा फर्किने मुकुलको प्रयास, अन्तरिम आदेशका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई « Khabarhub

रास्वपा महामन्त्रीमा फर्किने मुकुलको प्रयास, अन्तरिम आदेशका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

ढकालको उक्त रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएर अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाएको हो । सर्वोच्चले दुवै पक्षलाई असार १७ गते मंगलबारका दिन छलफलका लागि बोलाएको हो ।

ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाउँदै रिट हालेका थिए । उनले बुधबार मात्रै सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमा बिहीबार सुनुवाइ भएको हो ।

ढकालले आफूलाई रास्वपाका महामन्त्रीको रुपमा कामकारबाही गर्न उत्प्रेषणको आदेश माग गरेका थिए । तर ढकाललाई पार्टीले २०८१ भदौ ११ गते नै निष्काशन गरिसकेको छ ।

ढकाल निकालिएपछि अहिले रास्वपा महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी छन् । यस्तै, प्रवक्तामा मनिष झा छन् । रास्वपाले गरेको निर्णय निर्वाचन आयोगले अद्यावधिक नगरेको पाइएपछि अहिले रास्वपा नेताहरू चकित छन् ।

२०८१ असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै रास्वपाले उनलाई साधारण सदस्यबाट समेत हटाएको थियो ।

२०८१ वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको थियो । त्यसपछि रास्वपाले उनलाई २०८१ असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  २ : ४३ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ