ऐतिहासिक गर्भा दरबार संरक्षणमा सरकारको चासो, बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध : मन्त्री पाण्डे | Khabarhub Khabarhub

ऐतिहासिक गर्भा दरबार संरक्षणमा सरकारको चासो, बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध : मन्त्री पाण्डे


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले कैलाली जिल्लाको चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको जानकारी दिए । 

मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै २०७८ साल असोज ७ गते चुरे गाउँपालिकाले पुरातत्त्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको जानकारी दिए । 

त्यसपछि विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र चालू आर्थिक वर्ष २०८२/८३ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि ४ लाख रुपैयाँ रकम प्रस्ताव गरिएको पनि उनले स्पष्ट पारे । उनका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ ।

यसैबीच, राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले सरकार बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले भने, ‘नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरू राष्ट्रभाषा हुन् र धारा २८७ अनुसार गठन भएको भाषा आयोगले ती भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको छ।’

जनगणना २०७८ का आधारमा हालसम्म १२४ वटा भाषा पहिचान भइसकेका छन्, जसमा ९३ वटा अर्थात् करिब ७५ प्रतिशत भाषा आदिवासी समुदायसँग सम्बन्धित छन्। ती भाषाहरूको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवर्द्धनमा सरकार निरन्तर लागि परेको पनि मन्त्री पाण्डेले उल्लेख गरे ।

मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट गर्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको बताए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  २ : ४५ बजे

सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले शिक्षा र

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक

लेबनानमा इजरायली हवाई आक्रमण, हिजबुल्लाहका दुई सदस्यको मृत्यु

एजेन्सी – लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई

उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई