‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’ « Khabarhub

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मोरङ– सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा प्रयोग गर्न आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ । 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण’ सम्बन्धमा सञ्चारकमीसँग छलफल तथा समन्वय बैठकमा सहभागीले वैदेशिक रोजगारबाट फर्केकाहरूको सामाजिक, आर्थिक र सीपलाई उद्यमी बनाउने लक्ष्यसहित सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कार्यक्रमको उद्‌घाटन गर्दै सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई समाजमा आर्थिक रूपमा व्यवस्थापन गर्न नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए । उनले विदेशबाट फर्केका युवाहरूको सीपलाई राष्ट्रिय पुँजीको बनाउनेतर्फ प्रदेश सरकारले पहल गरिरहेको बताए। 

मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनःएकीकरण(रेमी)परियोजनाकी प्रदेश अध्यक्ष सपना थापाले विदेशबाट फर्केका जनशक्तिको सीपलाई उत्पादनसँग जोडेमा मुलुकको आर्थिक समृद्धि कायम गर्न सकिने सुझाव दिए । उनीहरूले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन ती सीप प्रभावकारी बन्ने धारणा राखे ।

वैदेशिक रोजगारीबाट फर्केका मोरङ केराबारी गाउँपालिका–१० की जीवनकुमारी राई र सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारीले विदेश रोजगारीमा जानेले सम्बन्धित देशको भाषा र आवश्यक सीप सिकेर गएमा सम्मानजनक रोजगारी र उचित पारिश्रमिक प्राप्त हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए।  

समन्वय बैठकमा सञ्चारकर्मी गणेश लम्साल, गोकुल पराजुली, अनुज सापकोटा, बाबुराम निरौलालगायत वक्ताले आ–आफ्नो धारणा र जिज्ञासा राखेका थिए । डा चन्द्रप्रसाद उपाध्यायले सचेतना अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका र सामाजिक विकास मन्त्रालयका शम्भुप्रसाद साहले श्रम रोजगार क्षेत्रमा गरेका कामसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ३ : ०७ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा