मधेशवादी दलहरूको बैठक : उपनिर्वाचन मुख्य एजेण्डा « Khabarhub

मधेशवादी दलहरूको बैठक : उपनिर्वाचन मुख्य एजेण्डा


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु भएको छ । लाजिम्पाटको बाबा होटलमा मोर्चाको बैठक सुरु भएको हो । 

बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रमबारे छलफल हुने बताइएको छ । यस्तै बैठकमा कार्यविधिको पूर्णतासँगै राजबन्दी रिहाई विषयमा पनि छलफल हुने मोर्चाका नेता केशव झाले जानकारी दिए । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा मोर्चामा आवद्ध दलहरूका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । 
बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबट अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, रामकुमार शर्मा सहभागी छन् । यस्तै नागरिक उन्मुक्तिबाट संरक्षक चौधरीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूण चौधरी र सांसद लालवीर चौधरी उपस्थित छन् । 

राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट अध्यक्ष राजेन्द्र महतो, केशव झा, सिएन थारु, लोसपाका अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट अध्यक्ष हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाका तर्फबाट अध्यक्ष वृषेश चन्द्र लाल, ब्रजकिशोर सिंह सहभागी छन् ।

बैठकको एजेण्डा :
-रुपन्देही क्षेत्र न. ३ को उपचुनाव सम्बन्धमा।
– भावी कार्यक्रम सम्बन्धमा।
– कार्यविधिको पूर्णता सम्बन्धमा।
– राजवन्दी रिहाई सम्बन्धमा।
– विविध ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ३ : १३ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६