झिनो अंकले घट्यो नेप्से, कारोबार बढ्यो  « Khabarhub

झिनो अंकले घट्यो नेप्से, कारोबार बढ्यो 


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम नेपाल स्टक एक्सेचञ्ज (नेप्से) घटेरै बन्द भएको छ । बिहीबार नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा आएको छ । नेप्से ०.१७ प्रतिशतले घट्दा कारोबार भने बढेको छ । 

बिहीबार दिनभरमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३०६ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार २३९ पटक शेयर किनबेच भएको छ । बिहीबार १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह १ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी होटल समूह १.८७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.१२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ३ : ४९ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले