झिनो अंकले घट्यो नेप्से, कारोबार बढ्यो  « Khabarhub

झिनो अंकले घट्यो नेप्से, कारोबार बढ्यो 


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम नेपाल स्टक एक्सेचञ्ज (नेप्से) घटेरै बन्द भएको छ । बिहीबार नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा आएको छ । नेप्से ०.१७ प्रतिशतले घट्दा कारोबार भने बढेको छ । 

बिहीबार दिनभरमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३०६ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार २३९ पटक शेयर किनबेच भएको छ । बिहीबार १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह १ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी होटल समूह १.८७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम विकास बैंक समूह ०.१२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ३ : ४९ बजे

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया