गाजामा भोकैतिर्खै बसेकाको नरसंहार, राहत लिन जाँदा इजरायली सेनाबाट मारिए ५४९ जना « Khabarhub

गाजामा भोकैतिर्खै बसेकाको नरसंहार, राहत लिन जाँदा इजरायली सेनाबाट मारिए ५४९ जना


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

गाजाक्षेत्र- गाजामा भोकैतिर्खै बसिरहेका ४५९ जनाको इजरायली सेनाले ज्यान लिएको छ । गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार अमेरिका र इजरायलको समर्थनमा चार हप्ता अघि सञ्चालनमा आएको गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचफ) अन्तर्गतका राहत वितरण केन्द्रमा सहायताको आशमा बसेका कम्तीमा ५४९ प्यालेस्टिनीको ज्यान गएको हो ।

‘मृत्युकुण्ड’ जस्ता बनेका ती राहत केन्द्रहरूमा भएका इजरायली आक्रमणमा हालसम्म ४ हजार ६६ जना घाइते भएका छन् । अहिले पनि ३९ जना नागरिक हराइरहेका छन्। यी सबै व्यक्ति भोकमरीको अवस्थामा राहत लिन गएका थिए।

गाजा प्रशासनले ती केन्द्रहरूलाई ‘युद्ध अपराधको पूर्णरूप’ भनेको छ । जसको प्रत्यक्ष र प्रमुख जिम्मेवारी इजरायली सैन्य प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ।

‘यी केन्द्रहरूमा जो भइरहेको छ, त्यो योजनाबद्ध ढंगले नागरिकहरूलाई लोभ्याएर, पछाडिबाट गोली हानी मार्ने अमानवीय अपराध हो,’ गाजाको सञ्चार कार्यालयले जनाएको छ।

‘इजरायली कब्जाले खाद्य सामग्रीलाई सामूहिक हत्या गर्ने हतियारका रूपमा प्रयोग गरिरहेको छ। जसलाई उनीहरू ‘सहायता’ भनेर प्रचार गर्छन्, त्यो वास्तवमा सत्ताको क्रूर साधन बनेको छ’, वक्तव्यमा भनिएको छ।

एक महिनामा गाजामा राहत लिन गएका ५०० भन्दा बढी प्यालेस्टिनीको हत्या हुनु ‘विश्वकै लागि लज्जास्पद र अमानवीय घटना’ भएको भन्दै इस्लाम र ग्लोबल अफेयर्स अध्ययन केन्द्र इस्तानबुल जाइम युनिभर्सिटीका निर्देशक सामी अल-आरियनले कडा प्रतिक्रिया दिएका छन्।

‘मानिसहरू दैनिक ती केन्द्रहरूमा केवल आफ्ना भोकाएका छोराछोरीलाई खाना ल्याउन जान्छन्, तर उनीहरू फर्किँदैनन् । मरेका हुन्छन्, घाइते भएका हुन्छन् । उपचार गर्ने सुविधा समेत छैन’, उनले भने, ‘कोही पनि गम्भीर भएर भन्न सक्दैन कि त्यो राहत केन्द्र हो, किनभने त्यहाँ त दिनहुँ मानिसहरू मर्ने गर्दछन्।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ०६ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।