गाजामा भोकैतिर्खै बसेकाको नरसंहार, राहत लिन जाँदा इजरायली सेनाबाट मारिए ५४९ जना | Khabarhub Khabarhub

गाजामा भोकैतिर्खै बसेकाको नरसंहार, राहत लिन जाँदा इजरायली सेनाबाट मारिए ५४९ जना


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

गाजाक्षेत्र- गाजामा भोकैतिर्खै बसिरहेका ४५९ जनाको इजरायली सेनाले ज्यान लिएको छ । गाजाको सरकारी सञ्चार कार्यालयका अनुसार अमेरिका र इजरायलको समर्थनमा चार हप्ता अघि सञ्चालनमा आएको गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचफ) अन्तर्गतका राहत वितरण केन्द्रमा सहायताको आशमा बसेका कम्तीमा ५४९ प्यालेस्टिनीको ज्यान गएको हो ।

‘मृत्युकुण्ड’ जस्ता बनेका ती राहत केन्द्रहरूमा भएका इजरायली आक्रमणमा हालसम्म ४ हजार ६६ जना घाइते भएका छन् । अहिले पनि ३९ जना नागरिक हराइरहेका छन्। यी सबै व्यक्ति भोकमरीको अवस्थामा राहत लिन गएका थिए।

गाजा प्रशासनले ती केन्द्रहरूलाई ‘युद्ध अपराधको पूर्णरूप’ भनेको छ । जसको प्रत्यक्ष र प्रमुख जिम्मेवारी इजरायली सैन्य प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ।

‘यी केन्द्रहरूमा जो भइरहेको छ, त्यो योजनाबद्ध ढंगले नागरिकहरूलाई लोभ्याएर, पछाडिबाट गोली हानी मार्ने अमानवीय अपराध हो,’ गाजाको सञ्चार कार्यालयले जनाएको छ।

‘इजरायली कब्जाले खाद्य सामग्रीलाई सामूहिक हत्या गर्ने हतियारका रूपमा प्रयोग गरिरहेको छ। जसलाई उनीहरू ‘सहायता’ भनेर प्रचार गर्छन्, त्यो वास्तवमा सत्ताको क्रूर साधन बनेको छ’, वक्तव्यमा भनिएको छ।

एक महिनामा गाजामा राहत लिन गएका ५०० भन्दा बढी प्यालेस्टिनीको हत्या हुनु ‘विश्वकै लागि लज्जास्पद र अमानवीय घटना’ भएको भन्दै इस्लाम र ग्लोबल अफेयर्स अध्ययन केन्द्र इस्तानबुल जाइम युनिभर्सिटीका निर्देशक सामी अल-आरियनले कडा प्रतिक्रिया दिएका छन्।

‘मानिसहरू दैनिक ती केन्द्रहरूमा केवल आफ्ना भोकाएका छोराछोरीलाई खाना ल्याउन जान्छन्, तर उनीहरू फर्किँदैनन् । मरेका हुन्छन्, घाइते भएका हुन्छन् । उपचार गर्ने सुविधा समेत छैन’, उनले भने, ‘कोही पनि गम्भीर भएर भन्न सक्दैन कि त्यो राहत केन्द्र हो, किनभने त्यहाँ त दिनहुँ मानिसहरू मर्ने गर्दछन्।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ०६ बजे

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कसल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै