बागमती प्रदेशसभाको बैठक स्थगन « Khabarhub

बागमती प्रदेशसभाको बैठक स्थगन


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगन भएको छ । यही असार १६ गते दिउँसो १ बजे बस्नेगरी आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए। 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलसँगको सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्नेगरी सबै सांसदलाई सूचना सम्प्रेषण गरिएको जानकारी दिए। 
    
गत असार १ गते प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सरकारकोतर्फबाट आगामी आव २०८२-८३ का लागि बजेट विनियोजित गरिँदा निष्पक्ष र पारदर्शी नभएको भन्दै सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोध गरेपछि बैठक नियमित बस्न सकेको छैन ।

सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदसँग सहमति जुटाउने प्रयास गरिएको जनाउँदै सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्ने उल्लेख गरे। 

राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोधका कारण आजको बैठक स्थगित भएको बताए। 

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : ०७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच