बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न माग « Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न माग


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक् चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उनीहरूले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु । सुदूरपश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्त्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो।’

पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष रहेको बताउँदै उनले  अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए

‘तपाईँहरू समाधानको एक स्पष्ट विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो। तपाईँहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ,’ अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ११ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन