वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ « Khabarhub

वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको कथामा फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुँदै छ । 

सुखी परिवारको कल्पना गरेर विदेशमा पुगेको युवाले सफलता चुम्न गर्ने मेहनत र त्यसभित्रको संघर्षको पाटोलाई यो फिल्मले चित्रण गर्दैछ । फिल्मलाई विगत सात वर्षदेखि युरोपको पोर्चुगलमा बस्दै आएका लोकबहादुर तामाङले निर्माण गर्दैछन् ।

सिमसोन तामाङले यो फिल्मलाई निर्देशन गर्दैछन् । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने संघर्षको कथालाई दर्शकमाझ पुर्‍याउन फिल्म निर्माणमा हात हालेको तामाङको भनाई छ । 

त्यसो त एक समय मोडलिङमा करियर सुरु गरेर फिल्ममा स्थापित अभिनेता बन्ने सोच बोकेका तामाङ अब निर्माणमा जुटेका हुन् ।

‘चलचित्र समाजको ऐना पनि हो, हजारौँ किताबले बदल्न नसकेको समाज एउटा चलचित्रले बदलिदिन्छ’, तामाङ भन्छन्, ‘ रातो पासपोर्टको कथामा आफैलाई देखेपछि, विदेशी नागरिकता पाउन संघर्ष गर्ने हरेक नेपालीलाई देखेपछि यो कथा फिल्मकै माध्यमबाट धेरै दर्शकमाझ पुर्‍याउनुपर्छ भनेर निर्माणमा हात हालेको हुँ।’

सिबड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीपकुमार चौधरीले तयार पारेका छन् ।

यो फिल्ममा प्रवेश पौडेल कार्यकारी निर्माता रहनेछन् । फिल्मको छायांकन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा गरिनेछ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : १६ बजे

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण