वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ « Khabarhub

वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको कथामा फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुँदै छ । 

सुखी परिवारको कल्पना गरेर विदेशमा पुगेको युवाले सफलता चुम्न गर्ने मेहनत र त्यसभित्रको संघर्षको पाटोलाई यो फिल्मले चित्रण गर्दैछ । फिल्मलाई विगत सात वर्षदेखि युरोपको पोर्चुगलमा बस्दै आएका लोकबहादुर तामाङले निर्माण गर्दैछन् ।

सिमसोन तामाङले यो फिल्मलाई निर्देशन गर्दैछन् । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने संघर्षको कथालाई दर्शकमाझ पुर्‍याउन फिल्म निर्माणमा हात हालेको तामाङको भनाई छ । 

त्यसो त एक समय मोडलिङमा करियर सुरु गरेर फिल्ममा स्थापित अभिनेता बन्ने सोच बोकेका तामाङ अब निर्माणमा जुटेका हुन् ।

‘चलचित्र समाजको ऐना पनि हो, हजारौँ किताबले बदल्न नसकेको समाज एउटा चलचित्रले बदलिदिन्छ’, तामाङ भन्छन्, ‘ रातो पासपोर्टको कथामा आफैलाई देखेपछि, विदेशी नागरिकता पाउन संघर्ष गर्ने हरेक नेपालीलाई देखेपछि यो कथा फिल्मकै माध्यमबाट धेरै दर्शकमाझ पुर्‍याउनुपर्छ भनेर निर्माणमा हात हालेको हुँ।’

सिबड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीपकुमार चौधरीले तयार पारेका छन् ।

यो फिल्ममा प्रवेश पौडेल कार्यकारी निर्माता रहनेछन् । फिल्मको छायांकन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा गरिनेछ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : १६ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।