संघीय बजेटमा मधेशमाथि विभेद गरियो : नैनसिंह महर « Khabarhub

संघीय बजेटमा मधेशमाथि विभेद गरियो : नैनसिंह महर


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसङ्ख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताएका छन । 

उनले ‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ, सबैभन्दा बढी श्रमिक यही प्रदेशले पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ,’ उनले तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘तर, जब बजेट विनियोजनको बेला आउँछ, मधेशले आफ्नो जनसङ्ख्या र योगदानको अनुपातमा सँधै विभेद र उपेक्षा मात्रै भोग्यो ।’

नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको र  प्रमुख दलहरूको आन्तरिक किचलोले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गएको ,केही शक्तिहरू धमिलो पानीमा माछामार्ने षड्यन्त्र गर्दै व्यवस्था परिवर्तनको दिवा सपना कोरिरहेको बताएका छन् । 

नेता महरले सरकार र सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै विधायिकी प्रक्रिया ठप्प पारेर देशलाई संकटतर्फ धकेलेको बताए ।

‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौँ लगाएर टुंग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उनले भने, ‘विधायिकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिन सक्नुपर्दछ ।’

एक फरक प्रसंगमा महरले अगाडि भने, ‘नीति महाधिवेशन गर्न बसेको महासमितिको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन । 

’ पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू निष्क्रिय हुँदा पार्टीमा नयाँ ऊर्जाको सञ्चार हुन नसकेको र विधानको कार्यान्वयनमा नेतृत्व चुकेको बताए । ‘शासन राम्रो हुन पहिला दल राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अब १६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक सबै विषयको समीक्षा हुन्छ उनले थपे ।

उनले सरकारको उदासीनताले मधेशका आधारभूत समस्या झनै विकराल बनेको बताए । 

‘चुरेको अनियन्त्रित दोहनले जलवायु परिवर्तनको प्रत्यक्ष कोपभाजन मधेशले भोगिरहेको छ । पहिले २०० फिटमा आउने पानी आज ५०० फिट खन्दा पनि मुस्किलले आउँछ,’ उनले पर्यावरणीय संकटतर्फ संकेत गर्दै भने, ‘तर, सरकारको प्राथमिकतामा यी विषय कहिल्यै परेनन् ।’

नेता महरले मधेशमा महिला हिंसा, दाइजो प्रथा, दलित उत्पीडन, नागरिकता समस्या र देशकै सबैभन्दा बढी विद्यालय छाड्ने दर (ड्रपआउट रेट) हुनुले प्रदेशको भविष्यमाथि खेलबाड भइरहेको बताए ।

 ‘सबै चुनौतीका बाबजुद, स्थानीय तहमा देशभरबाट निर्वाचित महिलामध्ये सबैभन्दा बढी मधेशबाटै हुनु यहाँको अन्तरनिहित ऊर्जाको प्रमाण हो,’ उनले भने, ‘कांग्रेस अब यही ऊर्जालाई साथ लिएर मधेशको नेतृत्व गर्न तयार छ ।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : २५ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले