नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने
नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार ३० करोड थान २ रुपैयाँ दरका सिक्का उत्पादन तथा आपूर्तिको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो ।
प्रकाशित सूचना अनुसार खरिद सम्झौता कागजातको आईटीबी दफा ४.१ बमोजिम सूचीकृत भएका पूर्व(योग्य बोलपत्रदाताहरू मात्र सहभागी हुन पाउनेछन् ।

यो बोलपत्र एकल चरणको दुई खाम प्रणाली अन्तर्गत सञ्चालन हुने र जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्तावलाई छुट्टाछुट्टै सिलबन्दी खाममा राखी दुवैलाई एउटै बाहिरी सिलबन्दी खामभित्र राखी पेस गर्नुपर्नेछ जनाइएको छ ।
विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी
मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म
निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने
सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम यो विशेष निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट तथा डण्डीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।

सोही कारण २०८२ चैत १५ गतेपश्चात समेत कार्यसम्पादन अवधि कायम रही सञ्चालनमा रहेका सार्वजनिक निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतका आधारमा विशेष मूल्य समायोजन उपलब्ध गराइनेछ।
मापदण्ड र दोहोरो लाभ नहुने व्यवस्था
सालबसाली तथा मूल्य समायोजनको व्यवस्था नभएका ठेक्काहरू पनि तोकिएको मापदण्ड पूरा गरेमा यसै व्यवस्थामा समेटिनेछन्। मूल्य समायोजनको साविककै व्यवस्था भएका ठेक्काहरूको हकमा भने प्रचलित व्यवस्था तथा सम्झौताअनुसार प्राप्त हुने रकम घटाई बाँकी रहने योग्य रकम मात्र विशेष मूल्य समायोजनका रूपमा उपलब्ध गराइने मन्त्रालयले स्पष्ट पारेको छ।
व्यापार तनाव घटाउन ईयू–चीन वार्ता
विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल














प्रतिक्रिया