सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री « Khabarhub

सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुनसक्ने सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताए। उद्धारका लागि हेलिकप्टरकोसमेत व्यवस्था गरिएको उनले जानकारी दिए।

मन्त्री लेखकले भने, ‘यसबाहेक मन्त्रालय मातहत सबै प्रदेशमा रहेका आपतकालीन मानवीय सहायता केन्द्रलाई विपद् उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यस्ता केन्द्र स्थानीयस्तरमा विस्तार गर्न स्थानीय सरकारलाई आग्रह गर्दछु ।’

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत ई दिनेशप्रसाद भट्टले विपद्को पूर्वतयारीका बारेमा जानकारी गराउँदै उद्धारमा स्थानीयको सहयोगको ठूलो भूमिका हुने उल्लेख गरे । 

त्यस्तै, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने बताए। समिति सभापति कुशुमदेवी थापाले विपद् व्यवस्थापन र उद्धारमा गरिएको तयारीकाबारेमा समितिलाई अवगत गराउन र विगतबाट सिकेर थप प्रभावकारिताका साथ लाग्न मन्त्रालयलगायत सरोकारवाला निकायलाई आग्रह गरेका थिए 

समिति सदस्यहरू वीरबहादुर बलायर, सरस्वती सुब्बा, रूपा शोसी चौधरी, भानुभक्त जोशी, सूर्यप्रसाद ढकाल, अनिशा नेपाली, अशोककुमार चौधरी, सम्झना थपलिया, अमृतलाल राजवंशी र बिजुला रायमाझीले मनसुनबाट हुने विपद्को पूर्वतयारीमा गर्नुपर्ने काम र उद्धारको व्यवस्थाका लागि विभिन्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ३२ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल