इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ « Khabarhub

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन सम्बोधन गरेका छन् ।

उनले सम्बोधनमार्फत् स्पष्टसँग इरानले कहिल्यै पनि आत्मसमर्पण नगर्ने बताएका छन् । ‘ट्रम्पले आफ्ना भाषणमध्ये एकमा इरानले समर्पण गर्नुपर्छ भने । तर म यो स्पष्ट भन्न चाहन्छु – आत्मसमर्पण कहिल्यै हुँदैन। हाम्रो राष्ट्र शक्तिशाली छ’, उनले भने, ‘अमेरिकी सैन्य बेसमा हमला गर्वको विषय हो, फेरि पनि दोहोरिन सक्छ ।’

खामेनेईले इरानमाथि भविष्यमा हुने कुनै पनि आक्रमण निकै महँगो पर्ने चेतावनी पनि दिएका छन् ।

इरानका लागि प्रमुख अमेरिकी बेसहरूमा पहुँच हुनु गौरवको कुरा रहेको उनले बताए । ‘यदि फेरि आक्रमण भयो भने यस्तो कारबाही दोहोरिन सक्छ’, उनले भने, ‘इरानका शत्रुहरूले मिसाइल वा आणविक कार्यक्रमजस्ता बहाना देखाउँछन्, तर वास्तविक लक्ष्य भने इरानको आत्मसमर्पण हो ।’

उनले इरानमाथि अमेरिकाको हमलालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘नाटक’को संज्ञा दिएका छन् । खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमाथि गरिएको हवाई आक्रमणबारे टिप्पणी गर्दै भने, ‘अमेरिकाले इरानका केही आणविक स्थलहरूलाई लक्षित गर्‍यो, तर त्यसबाट खासै उपलब्धि हासिल गर्न सकेन।’

ट्रम्पलाई विश्वमञ्चमा केबल एउटा ‘शक्ति प्रदर्शन’ चाहिएको उनले बताए । ‘ट्रम्पलाई केवल प्रदर्शन चाहिएको थियो । यो वास्तविक सैन्य सफलता होइन, केवल ‘शोम्यानसिप’ हो’, उनले भने, ‘हाम्रा सशस्त्र फौजले इजरायलको बहुपरत सुरक्षा प्रणालीलाई भेदन गरेर सैन्य र शहरी क्षेत्रहरूमा आक्रमण गर्न सके, यो ठूलो उपलब्धि हो ।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : ४९ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण