अवरूद्ध हवाई सेवा क्रमश: सञ्चालन गर्दै इरान  « Khabarhub

अवरूद्ध हवाई सेवा क्रमश: सञ्चालन गर्दै इरान 


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई क्षेत्र खुला गर्ने घोषणा गरेको छ।

 इरानको सडक तथा सहरी विकास मन्त्रालयले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानको नागरिक उड्डयन सङ्गठनको स्वीकृति र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा मूल्याङ्कन पूरा भएपछि यो निर्णय गरिएको हो ।’

मन्त्रालयका प्रवक्ता माजिद अखवानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो कदमले हवाई यातायातलाई क्रमशः द्वन्द्वपूर्वको स्तरमा फर्काउने लक्ष्य इरान सरकारले लिएको छ ।’

इजरायलसँगको पछिल्लो द्वन्द्वपछि यात्रुको सुरक्षाको कारण देखाउँदै इरानले बिहीबार दिउँसोसम्मका लागि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगन गरेको अखवानले बताए। 

उनले भने, ‘हालैका घटनाक्रमलाई ध्यानमा राख्दै र यात्रु र उडानहरूको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको हो।’

इजरायलले तेहरान र अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि इरानले जुन १३ मा आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ०० बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ