मोहन वैद्यको स्वास्थ्यमा चमत्कारिक सुधार, हिँडडुल गर्न सक्ने भए « Khabarhub

मोहन वैद्यको स्वास्थ्यमा चमत्कारिक सुधार, हिँडडुल गर्न सक्ने भए


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त र पूर्वसभामुख ओनसरी घर्तीले क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य किरणलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

पुन र घर्ती दम्पतीले बिहीबार काठमाडौंको टोखा हाइटस्थित निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् । पछिल्लो समय दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि ७९ वर्षीय वैद्य गत १५ जेठमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन (आईसीयूमा) राखिएको थियो । लामो समय उपचार गराएर वैद्य २ असारमा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार देखिएको छ । ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ । पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ’, पुनले भने, ‘बिहान बेलुका हल्का हिँड्न पनि थालेको छु भन्नुहुन्थ्यो ।’

पुन दम्पती आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे । आफूहरूबीच राजनीतिकभन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे ।

वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमाण्डको इन्चार्ज हुँदा पुन त्यहीँ दोश्रो वरियताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए ।

०६१ सालमा पुन दम्पतीको दोश्रो सन्तानका रुपमा छोरा जन्मिँदा उनीहरू सँगै थिए । ‘हाम्रोबीचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ । हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो । करिब ६ महिना सुस्मा भाउजू (वैद्य पत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभयो । हामीले ती कुरा पनि सम्झियौँ ।’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ०३ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान