माग सम्बोधन गर्ने मन्त्रालयको प्रतिबद्धतापछि रेडियोग्राफी संघको आन्दोलन फिर्ता  | Khabarhub Khabarhub

माग सम्बोधन गर्ने मन्त्रालयको प्रतिबद्धतापछि रेडियोग्राफी संघको आन्दोलन फिर्ता 


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयको ओएनएम सर्वेक्षणविरुद्ध आन्दोलनरत रेडियोग्राफी संघले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिएर आन्दोलन स्थगित गरेको छ । 

मन्त्रालयले उनीहरूका मागहरूलाई संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि सरकारी रेडियोग्राफी संघ र नेपाल रेडियोलोजिकल सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन् ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटा तथा दुवै संस्थाका अध्यक्ष र महासचिवहरूसहित भएको औपचारिक संवादमा उक्त सहमति जुटेको हो । 

संवादपछि जारी विज्ञप्तिअनुसार, अर्थ मन्त्रालयलगायत अन्य निकायहरूले समेत रेडियोग्राफी क्षेत्रका मागहरू समावेश गर्न निर्देशन दिँदै प्रस्तावित ओएनएम सर्वेक्षणलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएका थिए ।

स्वास्थ्य सचिव डा. देवकोटाले मागहरूलाई यथासम्भव सम्बोधन गरी संशोधन प्रक्रिया छिट्टै अघि बढाइने आश्वासन दिएका छन् । 

यस उपलब्धिलाई सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले पेसाको आत्मसम्मान, पहिचान र भविष्यको ऐतिहासिक विजयको संज्ञा दिएका छन् ।

‘यो केवल एउटा प्रशासनिक निर्णय होइन, यो रेडियोग्राफी पेसाको आत्मसम्मान, पहिचान र भविष्यका लागि गरिएको सङ्घर्षको ऐतिहासिक विजय हो । तपाईँहरूको ऐक्यबद्धता नै आजको सफलताको मेरुदण्ड हो । यो विजय हरेक कार्यरत रेडियोग्राफरको हो, हरेक विद्यार्थीको हो, र हरेक त्यो आवाजको हो जसले ‘हामी पनि महत्त्वपूर्ण छौँ’ भन्ने सन्देश दिन हिम्मत गरेको छ विज्ञप्तिमा भनिएको छ । 

साथै, आजैदेखि सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिई सबै पेसाकर्मीहरूलाई नियमित काममा फर्कन आग्रह गरिएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : १२ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत