माग सम्बोधन गर्ने मन्त्रालयको प्रतिबद्धतापछि रेडियोग्राफी संघको आन्दोलन फिर्ता  « Khabarhub

माग सम्बोधन गर्ने मन्त्रालयको प्रतिबद्धतापछि रेडियोग्राफी संघको आन्दोलन फिर्ता 


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयको ओएनएम सर्वेक्षणविरुद्ध आन्दोलनरत रेडियोग्राफी संघले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिएर आन्दोलन स्थगित गरेको छ । 

मन्त्रालयले उनीहरूका मागहरूलाई संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि सरकारी रेडियोग्राफी संघ र नेपाल रेडियोलोजिकल सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन् ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटा तथा दुवै संस्थाका अध्यक्ष र महासचिवहरूसहित भएको औपचारिक संवादमा उक्त सहमति जुटेको हो । 

संवादपछि जारी विज्ञप्तिअनुसार, अर्थ मन्त्रालयलगायत अन्य निकायहरूले समेत रेडियोग्राफी क्षेत्रका मागहरू समावेश गर्न निर्देशन दिँदै प्रस्तावित ओएनएम सर्वेक्षणलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएका थिए ।

स्वास्थ्य सचिव डा. देवकोटाले मागहरूलाई यथासम्भव सम्बोधन गरी संशोधन प्रक्रिया छिट्टै अघि बढाइने आश्वासन दिएका छन् । 

यस उपलब्धिलाई सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले पेसाको आत्मसम्मान, पहिचान र भविष्यको ऐतिहासिक विजयको संज्ञा दिएका छन् ।

‘यो केवल एउटा प्रशासनिक निर्णय होइन, यो रेडियोग्राफी पेसाको आत्मसम्मान, पहिचान र भविष्यका लागि गरिएको सङ्घर्षको ऐतिहासिक विजय हो । तपाईँहरूको ऐक्यबद्धता नै आजको सफलताको मेरुदण्ड हो । यो विजय हरेक कार्यरत रेडियोग्राफरको हो, हरेक विद्यार्थीको हो, र हरेक त्यो आवाजको हो जसले ‘हामी पनि महत्त्वपूर्ण छौँ’ भन्ने सन्देश दिन हिम्मत गरेको छ विज्ञप्तिमा भनिएको छ । 

साथै, आजैदेखि सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिई सबै पेसाकर्मीहरूलाई नियमित काममा फर्कन आग्रह गरिएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : १२ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै