वैदिक पुनर्जागरणको शुभ संकेत : मन्त्री पाण्डे « Khabarhub

सन्दर्भ : विश्व संस्कृत सम्मेलन

वैदिक पुनर्जागरणको शुभ संकेत : मन्त्री पाण्डे


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।

 सम्मेलनलाई सम्बोधन गर्दै  मन्त्री पाण्डेले संस्कृत भाषा नेपालमा केवल भाषा नभई शासन, साहित्य, जीवन दर्शन र सामाजिक संरचनाको आधार भएको दावी गरे । 

उनले नेपालका हिमाल, नदी, पहाड र हावापानी स्वयं साधकहरूलाई प्रेरणा दिने तत्व भएको उल्लेख गर्दै भने, ‘नेपालको हावा, पहाड, नदी, हिमाल लगायत सम्पूर्ण वातावरण साधनाको ऊर्जा दिने खालको छ।’

सम्मेलनमा विश्वका २० भन्दा बढी विश्वविद्यालयका कुलपति तथा उपकुलपति, तथा विविध शास्त्रका ज्ञाताहरूको सहभागिता उल्लेखनीय भएको बताउँदै मन्त्री पाण्डेले यस सम्मेलनलाई पूर्वीय ज्ञान र वैदिक चिन्तनको ‘महाकुम्भ’ को संज्ञा दिए ।

सम्बोधनका क्रममा उनले नेपालका धार्मिक स्थलहरूको भ्रमण गर्न आग्रह गरे जहाँ अझै पनि वैदिक मन्त्रहरूको गुञ्जन सुनिन्छ। उनले पशुपतिनाथ, लुम्बिनी, गण्डकी नदी र जनकपुरलाई तीर्थस्थलका रूपमा स्मरण गर्दै भने, ‘नेपालमा आज पनि वैदिक संस्कार र संस्कृतिको दिव्य अनुभूति पाउन सकिन्छ।’

नेपालका सांस्कृतिक धरोहरहरू र वैदिक परम्पराको ऐतिहासिक गाथा प्रस्तुत गर्दै मन्त्री पाण्डेले पाणिनि, कपिलमुनि, वेदव्यास, वाल्मीकि, राजर्षि जनक, याज्ञवल्क्य र भगवान गौतम बुद्धजस्ता महापुरुषहरूका योगदान स्मरण गरे । उनले यो भूमि पुनः वैदिक वातावरण सिर्जनाको बाटोमा अघि बढिरहेको बताउँदै त्यस कार्यमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षित रहेको धारणा व्यक्त गरे।

अन्त्यमा, मन्त्री पाण्डेले नेपाल आएका विदेशी प्रतिनिधिहरूलाई सम्मेलन अवधिको बसाइ सुखद, लाभदायी र स्मरणीय होस् भन्ने शुभकामना समेत  व्यक्त गरे।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : १४ बजे

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको