अर्थसंक्षेप : मधेशमा रोकियो बजेटको छलफल, बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज र झिनो अंकले नेप्से घट्दा कारोबार बढ्यो « Khabarhub

अर्थसंक्षेप : मधेशमा रोकियो बजेटको छलफल, बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज र झिनो अंकले नेप्से घट्दा कारोबार बढ्यो


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

साताको अन्तिम नेपाल स्टक एक्सेचञ्ज (नेप्से) घटेरै बन्द भएको छ । बिहीबार नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा आएको छ । नेप्से ०.१७ प्रतिशतले घट्दा कारोबार भने बढेको छ ।

बिहीबार दिनभरमा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी

दलहरूले बहिष्कार गर्ने भएपछि मधेशमा बजेटमाथिको छलफल अनिश्चितकाललाई स्थगित

मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सचिवालयले मध्यान्ह १२ बजे नै सूचना जारी गरी स्थगित गरेको हो ।

बुधबार मात्रै सुरू बजेटमाथिको छलफलमा प्रतिपक्षी दलका रामआशीष यादव र सत्तारूढ दलकी रमिता प्रधान मात्रै सहभागी थिए ।

अन्य सांसद सहभागी नभएपछि सभामुख रामचन्द्र मण्डलले रेडबुक अध्ययन नभएको भन्दै बैठक बिहीबार १ बजेसम्मलाई स्थगित गरेका थिए । पहिलो दिनको बैठक जम्मा २३ मिनेट २१ सेकेन्ड मात्रै चलेको थियो ।

यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार २२ गतेसम्मलाई कार्यसूची तय गरिसकेको थियो । तर, सभामुख मण्डलले अचानक अनिश्चितकालका लागि बैठक स्थगित गरेपछि विभिन्न दलबाट तीव्र असन्तुष्टि व्यक्त भएको छ ।

नारायणगढ-मुग्लिन सडक सञ्चालन

दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु

बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै इप्पानको आन्दोलन फिर्ता

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिएको ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले घोषणा गरेको आन्दोलन फिर्ता लिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले असार १० गते प्रतिनिधि सभामा टेक एण्ड पे प्रावधान हटाइएको घोषणा गरेपछि इप्पानले औपचारिक रूपमा बिहीबार पत्रकार सम्मेलनमा गरेर आन्दोलन स्थगन गरेको बताएको हो।

सरकारले जेठ १५ गते बजेटमार्फत ‘रन अफ रिभर’ जलविद्युत आयोजना टेक एण्ड पे आधारमा पीपीए गर्ने नीति ल्याएपछि इप्पानले विरोध गर्दै आन्दोलन घोषणा गरेको थियो।

मुस्ताङमा उठाउन थालियो नदी उत्खनन कर

तीन सरकारी कम्पनीको मूल्यांकनका लागि अर्थ मन्त्रालयले माग्यो प्रस्ताव

अर्थ मन्त्रालयले लामो समयदेखि सञ्चालन हुन नसकेका सरकारी स्वामित्व रहेका तीन वटा उद्योगको मूल्यांकनका लागि प्रस्ताव माग गरेको छ ।

मन्त्रालयले आज सूचना प्रकाशित गर्दै नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओर्निड म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखानाको मूल्यांकनको लागि परामर्शदातामार्फत् प्रस्ताव माग गरेको हो ।

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : ५८ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक