कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ | Khabarhub Khabarhub

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ ।

कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्य रहनेछ । एपको शुभारम्भ बिहीबार श्रममन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

मन्त्री भण्डारीले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगमार्फत पारदर्शिता र नीतिगत निर्णयमा सुधार गर्ने सरकारको योजना रहेको बताए। उनले सबैको सहयोग र सहकार्यका लागि आह्वान गर्दै सरोकारवालासँगको सहकार्यमा सामूहिक प्रयासबाट सुरक्षित, मर्यादित श्रम व्यवस्थापन सम्भव हुने बताए। यो एपमा नेपाली र अङ्ग्रेजी भाषामा प्रयोगकर्तामैत्री इन्टरफेसको साथ सीप विकास, वित्तीय योजना र मानसिक स्वास्थ्यका लागि आवश्यक स्रोतहरू समावेश गरिएको छ ।

त्यस अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले सही, भरपर्दो र समयसापेक्ष सूचना पहुँच राख्न यस एपले श्रमिकको आवश्यकताका आधारमा सहयोग र मार्गदर्शन प्रदान गर्ने जानकारी दिए । उनले कोरियाली सरकारले कोरियामा काम गरी फर्केका आप्रवासी कामदार नेपालको भविष्यका लागि महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे ।

गत हप्ता दूतावासले प्रकाशमा ल्याएको ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकमा समावेश भएका कोरियाको अनुभवका आधारमा सफल व्यवसायीका रुपमा उदाएका ५० जना वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरुको प्रेरणादायी उद्यमशीलता कथाको सँगालोका बारेमा समेत उनले चर्चा गरे ।

कार्यक्रममा नेपाल सरकार, कोरियाली राजदूत तथा दूतावासका प्रतिनिधि, कोइका नेपालका प्रतिनिधि, कोरियामा रोजगारीको अनुभव भएका व्यक्तिहरू, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिलगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

कोरियन सरकारले कोरियामा रोजगारका लागि प्रस्थान गर्नु अगाडि कोरियामा कार्यरत रहँदा र फर्किएपश्चात् उद्यमशीलता प्रवर्द्धनका साथै वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनेतर्फ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको यहाँस्थित कोरियन दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ४५ बजे

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी